×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेपछि एनआईसी एशियाको नाफामा पहिरो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खराब कर्जा बढेपछि एनआईसी एशियाको नाफामा पहिरो !

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको हो ।

बैंकको वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकले कुल १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा बैंकको खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जमा बढि रकम छुट्याउनु परेपछि बैंकको नाफामा दबाब परेको हो ।

यसअवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपपछि बैंकले इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खदु ब्याज आम्दानी पनि १३.३९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १३.८८ प्रतिशतले घटेको छ । त्यस्तै, असार मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस २९ रुपैयाँ १७ पैसाले घटेर ९ रुपैयाँ २६ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ । हाल बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी