×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

बैंकको खुद नाफा २९.६७ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा एनएमबिको खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित भएको हो । एक वर्षको अवधिमा खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । त्यस्तैगरी, अघिल्लो वर्ष यसैअवधिमा १ अर्ब ४५ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा पनि २५.०१ प्रतिशतले घटेर ३ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने २३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

यता, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा छ । एनएमबिको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी