काठमाडौँ । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्धघाटन गरेका थिए । उक्त अभियान भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि सुरुआत गरिएको छ ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा निलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षणको यस कार्यलाई दोहोर्याएका छन् ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार दूतावास परिसरमै अर्को निलो गुलमोहरको बिरुवा रोपेर यस अभियानप्रति आफ्नो प्रतिबद्धता रहेको प्रष्ट पारेका थिए ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न भारतीय डायस्पोराका सदस्यहरु र भारत–नेपाल मैत्री संघले बिरुवाहरु रोपी यस प्रयासमा सामेल भएका छन् ।
‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय राजदूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८औं स्वतन्त्रता दिवस मनाएको दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्