Skip to content
LAXMI SUNRISE BANK

‘बैंक अफ दि इयर’ बनेको प्रभु बैंकको नाफामा व्यापक बढोत्तरी, प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ८४ पैसाले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकको नाफामा व्यापक बढोत्तरी देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १४९९.०४ प्रतिशतले बढेको हो । बैंकले असार मसान्तसम्म ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २८ करोड मात्रै खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा पनि ३५४.६२ प्रतिशतले बढेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज पनि भारी गिरावट आउँदा बैंकको नाफा उल्लेख बढेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकको नाफासँगै प्रतिसेयर आम्दनी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK