×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य बढोत्तरी, ईपीएस १४ रुपैयाँले बढ्दा वितरणयोग्य मुनाफा कति ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य बढोत्तरी, ईपीएस १४ रुपैयाँले बढ्दा वितरणयोग्य मुनाफा कति ? 

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २६७.१९ प्रतिशतले बढेको हो । असार मसान्तसम्म बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस १४ रुपैयाँ १५ पैसाले बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ । 

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ । बैंकको वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १९ करोड र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ३१.४५ प्रतिशतले बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशतले बढेको छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५१ करोड रुपैयाँ सञ्चित रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी