×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य छैनः राजकिशोर यादव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य छैनः राजकिशोर यादव

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन् सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् । उनले भयानक दुर्घटनाले सारा देश स्तब्ध बनिरहेको बेला चिनियाँ राजदूतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरीत भएको बताएका हुन् ।

त्रिशुलीमा हराएका बसु र यात्रुहरु खोज्नका लागि भारतबाट आएको गोताखोर टोलीकाबारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको यादवको भनाई छ ।

सभापति यादवले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नभएको पनि बताए । ‘त्रिशुलीमा हराएको बस र यात्रु खोज्न भारतबाट टोली आएको र त्यससँग नेपालका लागि चिनियाँ राजदूतले भद्दा दिप्पणी गर्नु दुर्भाग्यपूर्ण छ ।’, सभापति शाहले भने, ‘नेपालको आन्तरिक मामिलामा एउटा राजदूतले भद्दा टिप्पणी गर्नु दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । जुन कुनै हालतमा सह्य छैन ।’

त्यस्तै, यादवले चिनियाँ राजदूतले पदीय मर्यादाविपरीतको आचरण गरेको पनि उल्लेख गरेका छन् । सो विषयमा मन्त्रालयसँग जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि यादवले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी