काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सिंगापुर र ब्रुनाईको भ्रमण गर्दै भारत-ASEAN रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको बताएका छन् । ASEAN देशहरूसँगको भारतको कुल व्यापारमा सिंगापुर महत्त्वपूर्ण साझेदार हो। यो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले भारत-ASEAN स्वतन्त्र व्यापार सम्झौतामा (FTA) सुधार गर्न पहल गरिएको छ ।
भारत र सिंगापुरबीच डिजिटल सहकार्य, शिक्षा, स्वास्थ्य, र सेमीकन्डक्टर क्षेत्रमा सहमति भएको छ । यी सहमतिहरूले दुवै देशबीच प्रविधि, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र नविनतम प्रविधिहरूमा सहकार्यलाई थप सुदृढ बनाउने छन् । २०२३/२४ मा भारत र सिंगापुरबीचको कुल व्यापार ३५.६अर्ब अमेरिकी डलरमा पुगेको छ।
भारत-ASEAN क्षेत्रीय व्यापार २०२३/२४ मा १२० अर्ब अमेरिकी डलर पुगेको छ, जसमा भारतले ४१.२ अर्ब डलर निर्यात र ७९.७ अर्ब डलर आयात गरेको छ। सिंगापुरसँगै इन्डोनेशिया, मलेसिया, थाइल्याण्ड, र भियतनाम भारतका प्रमुख व्यापार साझेदारहरू हुन् ।
भारतको ब्रुनाई भ्रमण पनि ऐतिहासिक महत्त्वको थियो, जहाँ द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने सहमतिहरू भएका थिए । भारत र ब्रुनाईबीचको कुल व्यापार द्दडट मिलियन अमेरिकी डलर पुगेको छ। दुई देशका नेताहरूले रक्षा, व्यापार, ऊर्जा, र पर्यटनमा सहकार्यका नयाँ सम्भावनाहरूमा छलफल गरेका थिए।
समग्रमा, भारतले ASEAN क्षेत्रसँगको व्यापार र लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन रणनीतिक ध्यान दिएको छ । जसले एशियाको समग्र आर्थिक विकासमा ठूलो भूमिका खेल्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्