काठमाडौँ । इजरायलले छिट्टै भारतमा ठूलो लगानीको घोषणा गर्ने तयारी गरेको छ । सेमिकन्डक्टर क्षेत्रमा प्रमुख सहकार्य हुने संकेत गर्दै इजरायलका नव नियुक्त राजदूत रेउभेन अजारले ‘ठूलो समाचार छिट्टै आउने’ बताएका छन् ।
एएनआईलाई दिएको विशेष अन्तर्वार्तामा, राजदूत अजारले भने, ‘सेमिकन्डक्टरमा केही ठूलो समाचार आउनेवाला छ, हामीले यस क्षेत्रमा केहि योजना बनाइसकेका छौं ।’ यद्यपि, उनले थप विवरण खुलाउन चाहेनन्, तर रिपोर्ट अनुसार, इजरायलको टावर सेमिकन्डक्टर नामक कम्पनीले भारतमा अर्बौं डलरको लगानी गर्ने सम्भावना छ ।
भारतले हाल सेमिकन्डक्टर उत्पादनमा विश्वव्यापी नेतृत्व हासिल गर्ने उद्देश्यका साथ अनुकूल वातावरण सिर्जना गर्ने काम गरिरहेको छ । यसै सन्दर्भमा, इजरायलसँगको सहकार्यले भारतलाई यस क्षेत्रमा अगाडि बढ्न मद्दत गर्ने आशा गरिएको छ ।
यसका साथै, इजरायलले भारतसँग पूर्वाधार क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने योजना बनाएको छ। इजरायलले तेल अविव क्षेत्रमा नयाँ मेट्रो प्रणाली र नयाँ विमानस्थल निर्माणका लागि ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ, जसमा भारतीय पूर्वाधार कम्पनीहरूलाई समावेश गर्न चाहन्छ ।
राजदूत अजारले भने, ‘हामीसँग असाधारण रक्षा सहकार्य छ, र अब हामी पूर्वाधार क्षेत्रमा पनि भारतीय कम्पनीहरूलाई आकर्षित गर्न चाहन्छौं ।’
इजरायल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन नेताहरूबीचको बलियो व्यक्तिगत सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको सम्बन्धलाई उदाहरणस्वरूप उल्लेख गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्