Skip to content
LAXMI SUNRISE BANK

अन्तराष्ट्रिय सौर्य गठबन्धनको १०१औं सदस्य राष्ट्र बन्यो नेपाल

अर्थ सरोकार

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१औं सदस्य राष्ट्र बनेको छ । भदौ २४ गते सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ ।

सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK