×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई मोदीले दिए बधाई 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई मोदीले दिए बधाई 

Artha Sarokar

२५ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको पुनः विजयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै भारत-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बधाई दिएका हुन् । ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक विजयको बधाई ।’, मोदीले लेखेका छन् । उनले भारत-अमेरिका समग्र र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन ट्रम्पको दोस्रो कार्यकाललाई महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन् ।

मोदी र ट्रम्पको सम्बन्ध सँधै न्यानो रहँदै आएको छ । जसलाई २०१९ मा अमेरिकामा आयोजना भएको ‘हाउडी मोदी’ र २०२० मा भारतमा आयोजित ‘नमस्ते ट्रम्प’ जस्ता कार्यक्रमहरूले प्रमाणित गरेका छन् ।

फक्स न्युजको प्रक्षेपण अनुसार, ट्रम्पले २७७ इलेक्टोरल मत हासिल गरेका छन्, जसले पेनसिल्भेनिया र जर्जिया जस्ता निर्णायक राज्यहरूमा आफ्नो पकड बलियो बनाएको छ । यससँगै उनी अमेरिकी इतिहासमा लगातार दोस्रोपटक कार्यकालमा पुनः राष्ट्रपति बन्ने दोश्रो व्यक्ति भएका छन् ।

मोदीले अमेरिकासँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउंदै दुई देशबीचको आपसी सहयोगलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । जसले विश्व स्थिरता र समृद्धिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी