काठमाडौँ । नेपालमा भारत-नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा लुम्बिनीमा मंसिर २३ गते (आइतबार) महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको हो ।
बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै महोत्सव गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । उक्त कार्यक्रमलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उपमहानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरुका साथै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारी सदस्यहरूसहित प्रमुख प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
त्यस्तै, आइतबार साँझ दुवै भारत र नेपालका प्रख्यात कलाकारहरुको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहले बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुत गरेको थियो। यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको दूतावासले जनाएको छ ।
सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए । त्यस्तै, महोत्सवको एक हिस्साको रूपमा बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा विषयकमा शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए ।
यसैबीच कथक नृत्यांगना शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्यकला बारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी–३ स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग कुराकानी गरेको थियो । यस महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौं र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्