×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

Artha Sarokar

१४ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले भारतको ७६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आइतबार दूतावासमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै नेपालमा रहेका भारतीयहरूलाई शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति र आश्रित परिवारलाई रु पाँच करोड बराबरको रकम वितरण र सम्मान गरेको छन् । साथै भारतीय सशस्त्र बलका दुई सय १९ जना मृतक सदस्यका श्रीमति र आश्रित परिवारलाई रु २३ करोड २९ लाख वितरण गरिएको थियो ।

यसमा सन् २०२४ मा सेना समूह बिमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानीहरू समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको ‘भूपु-२०२५’ पत्रिकाको पनि अनावरण गर्नुभएको थियो ।

दूतावासले नेपालका छ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई रु २३ लाख पाँच लाख बराबरको पुस्तक प्रदान गरेको छ । साथै सन् २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । बीकेजे क्विजको उद्देश्य विदेशी नागरिकहरू र विदेशमा बस्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्नु रहेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी