काठमाडौँ । भारतले नेपाली विद्यार्थीको हकहित सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरुको हकहित सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
दूतावासले नेपाली विद्यार्थीको हकहित सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन् ।’, विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ ।’
त्यस्तै, नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दूतावासले समवेदना प्रकट गर्दै केआईआईटीका अधिकारी, ओडिसा राज्य सरकार र स्थानीय प्रहरी र अधिकारीको संलग्नतामा घटनाको अनुसन्धान सुरु गरिसकेको पनि विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
योसँगै कलेज र होस्टेलबाट निस्किएका विद्यार्थीहरुलाई पुनः कलेजमा फर्किन र नेपाली विद्यार्थीलाई शैक्षिक रुपमा परेको क्षतिको जिम्मा लिन कलेजलाई निर्देशन दिइसकेको पनि दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्