काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक तथा परोपकारी उद्यमी बिल गेट्सले भारतको तीव्र विकास र नवप्रवर्तन क्षमताको खुलेर प्रशंसा गरेका छन्। टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा उनले यस्तो प्रशंसा गरेका हुन्।
बिल गेट्सले भारतलाई खोप विकास, कृत्रिम बुद्धिमत्ता, डिजिटल पूर्वाधार र अन्तरिक्ष प्रविधिमा एक अग्रणी राष्ट्रका रूपमा उल्लेख गरेका छन् ।
उनले भने, ‘भारतमा नवप्रवर्तन प्रभावकारी र यस्तो चतुर तरिकाले भइरहेको छ, जसले लागत घटाउँदै विश्वभर समाधान पुर्याइरहेको छ।’ गेट्सका अनुसार भारतको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरले विश्वका अन्य देशहरूमा समेत प्रभाव विस्तार गरिरहेको छ। स्वास्थ्य र कृषिमा पनि एआईको प्रयोगले उल्लेखनीय प्रगति गरिरहेको उनले बताए।
भारतको २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्यको सराहना गर्दै उनले संघीय तथा राज्य सरकारहरूको आर्थिक विकासप्रतिको दृढ संकल्पको प्रशंसा गरे। साथै, गेट्सले आफ्नो फाउण्डेशनद्वारा भारतमा गरिएका साझेदारीहरूले खोप उत्पादन र स्वास्थ्य सेवा सुधारमा विश्वव्यापी लाभ पुर्याएको स्पष्ट पारेका छन् ।
युद्ध र संकटबीच पनि नवप्रवर्तनका कारण आफू आशावादी रहेको भन्दै गेट्सले भारतसँगको सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्