काठमाडौँ । नेपाल र भारतबीच पानी, सरसफाइ, र फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्यलाई सशक्त बनाउन सम्झौता भएको छ । सोमबार भारत भ्रमणमा रहेका नेपालका खानेपानी मन्त्री प्रदीप यादव र भारतका जलशक्ति मन्त्री सी.आर. पाटिलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताले नेपालमा स्वच्छ खानेपानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन, र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ ।
नेपालका खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार यस सम्झौताले नेपालको खानेपानी सुधार प्रयासलाई थप सशक्त पार्नेछ । नेपाल र भारतबीच यसअघि पनि सीमापार पानी व्यवस्थापन, वातावरण संरक्षण, र दिगो विकासका विभिन्न सम्झौताहरू भएका थिए, तर यो नयाँ सम्झौताले विशेष रूपमा नेपालका शहरी तथा ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी आपूर्ति सुधार गर्न, आधुनिक सरसफाइ प्रविधिहरू भित्र्याउन, र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुर्याउनेछ ।
भारतका जलशक्ति मन्त्री सी.आर. पाटिलले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘भारत-नेपाल पानी तथा सरसफाइ सहकार्य नयाँ उचाइमा पुगेको छ । भारत र नेपालबीच पानी, सरसफाइ, र फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा, यो सम्झौताले प्रविधिगत सहकार्य, अनुभव आदानप्रदान, र दुई देशबीचको संयुक्त प्रयासलाई प्रवद्र्धन गर्नेछ । भारतको ‘जल जीवन मिशन’ र ‘स्वच्छ भारत अभियान’ बाट सिकेर, सामुदायिक रूपमा आधारित समाधानहरू विकास गरिनेछन् ।’
यस महत्वपूर्ण अवसरमा नेपालका खानेपानी मन्त्री प्रदीप यादव, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, भारतको जल शक्ति मन्त्रालयका सचिव देबश्री मुखर्जी, अशोक कुमार मीना, तथा दुबै देशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्राकृतिक रूपमा जलस्रोतले भरिपूर्ण देश भए पनि प्रविधि, दक्ष जनशक्ति, तथा व्यवस्थापनका कारण स्वच्छ खानेपानी आपूर्तिमा चुनौतीहरू रहेका छन् । भारतसँगको यस सहकार्यले खानेपानी आपूर्तिलाई व्यवस्थित बनाउन तथा प्रविधि र ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीले नेपालका नागरिकहरूको जीवनस्तर सुधार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्