×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा नक्कली नोटको खुलेआम कारोबार, बैंकसम्मै पुग्छ नक्कली नोट, तर प्रहरीसम्म पुग्दैन ‘केस’ ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विराटनगरमा नक्कली नोटको खुलेआम कारोबार, बैंकसम्मै पुग्छ नक्कली नोट, तर प्रहरीसम्म पुग्दैन ‘केस’ ! 

Artha Sarokar

११ बैशाख २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विराटनगरमा खुलेआम नक्कली नोटको कारोबार हुने गरेको पाइएको छ । अझ पछिल्लो केही सातायता विराटनगरमा नक्कली नोटको कारोबार झनै बढेको पाइएको हो । यसरी विराटनगरमा भइरहेको नक्कली नोटको कारोबारका अधिकांश घटना बैंकसम्म पुगेर बाहिरिने गरेको भेटिएको छ । र त्यस्तै भयो विराटनगर-४ की कृष्णमाया पहाडीको ‘केस’मा पनि । 

बिहीबार पहाडी ७ लाख रुपैयाँ जम्मा गर्न कञ्चनबारीस्थित सिद्धार्थ बैंकको शाखामा पुगिन् । तर, उनले बैंकमा लिएर गएको ७ लाखमध्ये एक लाखको एउटा बन्डलमा एक हजार दरको नक्कली नोट भेटियो । 

एक लाखको बण्डलमा एक हजार दरको नक्कली नोट भेटेपछि बैंकको काउन्टरमा बस्ने क्यासियरले उक्त नोट नक्कली नोट छुट्टै राखे र सो नोट कहाँबाट ल्याएको हो भनी सामान्य सोधपुछ गरे । पहाडीले घर बनाउनका लागि विराटनगरको रंगेली रोडमा रहेको राठी ज्वेलर्समा सुन राखेर सो रकम ल्याएको बताइन् । त्यसपछि बैंकले धेरै केरकार गरेन । 

पहाडीले पनि आफूले ल्याएको नोटको बन्डलमा नक्कली नोट परेको खबर ज्वेलर्समा गरिन् । ज्वेलर्सले पहाडीलाई सो नक्कली नोटको बदलामा सक्कली एक हजारको अर्को नोट दियो । उक्त नक्कली नोट भने सिद्धार्थ बैंकले राष्ट्र बैंकमा बुझाउनुपर्ने भन्दै आफैँसँग राख्यो । यो बीचमा बैंकसम्म नक्कली नोट पुगेको उक्त घटनाबारे न प्रहरीमा खबर गरियो, न त पीडितले उजुरी नै दिन मानिन् । बरु उक्त केस बैंक, ज्वेलर्स र पहाडीबीचमै गुपचुप रह्यो । 

यसरी बजारबाट नक्कली नोट बैंकसम्म पुगेर गुपचुपमै सल्टिँदासम्म पनि सो नक्कली नोट कहाँबाट आयो ? कसरी आयो ? कसले सक्कली नोटको बण्डलमा नक्कली नोट राख्यो ? भन्ने विषयमा कुनै पनि निकायबाट अनुसन्धान भएन । यसले विराटनगरमा यसरी हुने नक्कली नोटको कारोबारका घटना थुप्रै छन् भन्नेमा शंका उब्जाएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी