काठमाडौँ। भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ। जापानलाई पछाडि पार्दै भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बनेको हो ।
भारतको अर्थतन्त्र हाल ४ ट्रिलियन अमेरिकी डलर पुगेको भारतको नीति आयोगका सीईओ बीभीआर सुब्रह्मण्यमले जनएका छन्।
आईएमएफको अप्रिल २०२५ को विश्व आर्थिक दृष्टिकोण (वर्ल्ड इकोनोमिक आउटलुक) प्रतिवेदनले भारतको जीडीपी सन् २०२५ मा ४.१९ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। जुन जापानको अनुमानित ४.१८७ ट्रिलियन अमेरिकी डलरभन्दा केही बढी हो। यो उपलब्धिलाई भारतको आर्थिक सुधार, नवप्रवर्तन, पूर्वाधार विकास, र समावेशी नीतिहरूको परिणाम भनिएको छ।
नीति आयोगका सीईओ सुब्रह्मण्यमले भने, ‘हामी हाल चौथो ठूलो अर्थतन्त्र हौं। यो केवल आर्थिक उपलब्धि मात्र होइन, यो नयाँ भारतको विश्वव्यापी प्रभावको प्रमाण हो। यदि हामीले हालको योजनालाई निरन्तरता दियौं भने आगामी २.५ देखि ३ वर्षभित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ।’
यो नयाँ उपलब्धिसँगै भारतले अब जर्मनीलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको बुझिएको छ। यो उपलब्धि सन् २०२८ सम्म सम्भव हुने आईएमएफको प्रक्षेपण छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्