काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १३.९७ अंकले घटेर २६२०.२७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।