काठमाडौँ । नेपालको उड्डयन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिको रूपमा, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १०औँ इन्टरनेशनल टुरिज्म कन्क्लेभ एण्ड ट्राभल अवार्ड्स २०२५ मा ‘काठमाडौं रुटमा सर्वश्रेष्ठ एयरलाइन्स’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कार्यक्रम मेरिडियन होटल, नयाँ दिल्लीमा भव्य रूपमा सम्पन्न भएको थियो ।
उक्त पुरस्कार आइसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र जम्मु तथा कश्मीरका माननीय मुख्यमन्त्रीका सल्लाहकार नासिर असलम वानीद्वारा संयुक्त रूपमा प्रदान गरिएको थियो ।
नेपाल एयरलाइन्सको तर्फबाट पुरस्कार ग्रहण गर्नेमा कमल ज्ञवाली-कन्ट्री म्यानेजर, नेपाल एयरलाइन्स, भारत, मुकेश शर्मा-उपाध्यक्ष, बर्ड्स ग्रुप, भारत, भानुभक्त कटुवाल -एयरपोर्ट म्यानेजर, नेपाल एयरलाइन्स, नयाँ दिल्ली, रमन निरौला-वित्त प्रमुख, नेपाल एयरलाइन्स, नयाँ दिल्ली रहेका छन् ।
उक्त सम्मानले भारत–नेपालबीचको हवाई सम्पर्क सुदृढ गर्नमा नेपाल एयरलाइन्सले पुर्याएको विशेष योगदान, सेवाको उत्कृष्टता, र सञ्चालनमा देखाएको विश्वसनीयतालाई औपचारिक मान्यता दिएको छ ।
उक्त अवार्ड्स, अनुभवी पर्यटन तथा उड्डयन विज्ञहरूको निर्णायक मण्डलद्वारा चयन गरिने, हरेक वर्ष पर्यटन र हवाई सेवामा उत्कृष्ट योगदान दिने संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिन्छ । यस वर्षको संस्करणमा वरिष्ठ सरकारी पदाधिकारीहरू, पर्यटन बोर्डका प्रतिनिधिहरू, अग्रणी टुर अपरेटरहरू, तथा अन्तर्राष्ट्रिय र भारतीय उड्डयन क्षेत्रका प्रमुख व्यवसायिकहरू सहभागी थिए ।
यस सम्मानले नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजावाहकको पहिचानलाई थप मजबुत बनाउनुका साथै, भारत-नेपालबीचको पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्न समर्पित यात्रुमैत्री तथा गुणस्तरीय हवाई सेवा प्रति संस्थाको अटुट प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्