काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै मिश्री बिहान ९ बजे काठमाडौँ आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् ।
त्यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्