×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको बैंक कृषि बिकास बैंकको अध्यक्षबाट एमाले नेता पौडेललाई हटाउनुपर्ने चौतर्फी माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनताको बैंक कृषि बिकास बैंकको अध्यक्षबाट एमाले नेता पौडेललाई हटाउनुपर्ने चौतर्फी माग

Artha Sarokar

२६ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि बिकास बैंकको अध्यक्ष नियुक्त भएका एमाले नेतालाई पदबाट बर्खास्त गर्नुपर्ने माग चौतर्फी उठेको छ । अव देशनै युवाहरुको काँधमा आएका बेला एमाले भएकै कारण बैंकको अध्यक्ष नियुक्त भएका एमाले नेता डिम प्रकाश पौडेललाई पदबाट हटाउनुपर्ने माग उठेको हो ।

विशेषगरी बैंकरहरुले चलाएका सामाजिक संजालका विभिन्न ग्रुपहरुमा यस्तो माग उठेको हो । बैंक तथा वित्तीय संस्था हरुलाई राजनीति बाट टाढा राख्नुपर्ने अभियान चलाउनुपर्ने भन्दै उनीहरुले यसको सुरुवात कृषि बिकास बैंकबाट हुनुपर्ने आवाज उठाएका हुन् ।

यस्तै उनीहरुले एमाले भएकै कारण हरि कुमार सिलवालले बैंकको ऋणी हुँदाहुँदै गैरकानुनी रुपमा बैंकको संचालक पद पाएको भन्दै उनलाई पनि बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

कृषि बिकास बैंकमा यसअघि पनि एमालेको राम्रै हालीमुहाली थियो । स्वयम् बैंकका सीइओ पनि एमाले नेता पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । एमाले नेताकै सिफारिसमा बैंकले कतपय स्वार्थको द्वन्द हुनेगरी  ऋण प्रवाहसमेत गरेको छ ।

अति भएको भन्दै केहि दिन अघि मात्र प्रदर्शनकारीले कृषि बिकास बैंकमा तोडफोड गरेका थिए । सोहि क्रममा बैंकका एक कर्मचारीको टाउकोमा गोली लागेको समेत छ । डिम प्रकाश पौडेल स्वयमले पनि बालेनले ३० हजार भोट कटाए काठमाडौँमा ३० दिन बस्दिन भनेर सार्वजनिक रुपमा स्ट्याटस नै लेखेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी