काठमाडौँ । कूटनीतिक तनावका महिनापछि भारत र क्यानडाबीच सम्बन्ध पुनःसुधारतर्फ मोडिएको छ । दुवै देशले नयाँ ‘बाइल्याटरल रोडम्याप’ सार्वजनिक गर्दै व्यापार, स्वच्छ ऊर्जा, प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरेका छन् । The Tribune India मा प्रकाशित रिपोर्ट अनुसार, यस पहलले दुई देशबीचको सम्बन्धलाई पुनः विश्वास र सहकार्यको बाटोमा फर्काएको छ।
नयाँ सम्झौताको घोषणा नयाँ दिल्लीमा भएको उच्चस्तरीय बैठकमा गरिएको हो, जहाँ भारतका परराष्ट्र मन्त्री एस. जयशंकर र क्यानडाकी परराष्ट्र मन्त्री अनिता आनन्दबीच विस्तृत छलफल भयो। विगत वर्ष प्रधानमन्त्री ट्रुडोको भारतविरुद्धको आरोपपछि दुवै देशबीचको सम्बन्ध चिसिएको थियो, तर यो रोडम्यापले त्यस टकरावलाई अन्त्य गर्ने संकेत दिएको छ ।
बैठकमा दुवै देशले व्यापार विस्तार, हरित हाइड्रोजन प्रविधि, स्वच्छ ऊर्जा लगानी, र प्राविधिक अनुसन्धानलाई प्राथमिकता दिने सहमति गरे। क्यानडाले भारतमा लगानी बढाउने र भारतीय बजारमा आफ्ना कम्पनीहरूको उपस्थिती विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । भारतले पनि क्यानडाका विद्यार्थी र अनुसन्धानकर्तालाई सहजता दिने नीति घोषणा गरेको छ ।
जयशंकरले बैठकपछि भने, ‘भारत र क्यानडा दुवै ठूलो प्रजातान्त्रिक देश हुन् । मतभेदका बाबजुद साझा लक्ष्यहरू- स्थायित्व, विकास र विश्वास-हाम्रो सम्बन्धको आधार हुन् ।’ उनले नयाँ रोडम्यापलाई ‘विश्वसनीय पुनरारम्भ’ को रूपमा चित्रित गरे।
अनिता आनन्दले पनि जोड दिइन् कि क्यानडा भारतसँगको सम्बन्धलाई केवल कूटनीतिक होइन, जनस्तरको सम्बन्धका रूपमा पुनर्जीवित गर्न चाहन्छ। ‘हामी व्यापार र प्रविधि मात्र होइन, विश्वास र सहकार्यमा पनि पुनः जोडिन खोज्दैछौं ।’, उनले भनिन् ।
विश्लेषकहरूका अनुसार, यो पहल दुई देशबीचको सम्बन्धमा आएको ठूला उतार-चढावपछि पुनः विश्वास निर्माण गर्ने प्रयास हो । पश्चिमी मुलुकहरूसँगको सम्बन्धमा भारतको बढ्दो भूमिकाले क्यानडालाई दक्षिण एसियाली बजारमा फिर्ता ल्याएको छ ।
दुवै देशका अधिकारीहरूले अब ‘रोडम्याप 2030’ अन्तर्गत सहकार्यका ठोस परियोजना कार्यान्वयन गर्नका लागि प्राविधिक समिति गठन गर्ने तयारी गरिरहेका छन् । यो नयाँ अध्यायले भारत–क्यानडा सम्बन्धलाई आर्थिक र कूटनीतिक दुवै मोर्चामा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्