Skip to content
LAXMI SUNRISE BANK

‘मन्त्री हुँदा पनि प्राधिकरणको सेयर निष्कासन गर्न सकिन’- घिसिङ

अर्थ सरोकार

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताएका छन् ।काठमाडौँमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै मन्त्री घिसिङले विद्युत प्राधिकरणको सेयरलाई बजारमा लैजान नसकेको बताएका हुन् । 

उनले प्राधिकरणसँग लगानीयोग्य परियोजना पर्याप्त मात्रामा हुँदाहुँदै पनि रकम अभावको कारणले अगाडि बढाउन नसकेको बताए । 

प्राधिकरणको २० प्रतिशत सेयर बजारमा निष्कासन गरेर पैसा उठाउनसके ऊर्जा क्षेत्रमा लगानी गर्न सकिने उनको भनाई छ । उनका अनुसार प्राधिकरणसँग लगानी गर्नको लागि बुढीगण्डकी, अपर अरुण, दुधकोशी लगायत करिव ३ हजार मेगावाट क्षमताका ठूला जलविद्युत आयोजना अध्ययन सम्पन्न भएर निर्माणका लागि तयार अवस्थामा छन् । 

तर, विद्युत प्राधिकरणसँग ती आयोजना अघि बढाउन आवश्यक लगानी रकम नभएको घिसिङले बताएका छन् । बजारमा पर्याप्त लगानीयोग्य रकम भएपनि लगानी गर्ने स्थिति नरहेको घिसिङको भनाई छ । उनले प्राधिकरणको २० प्रतिशत सेयरलाई निष्कासन गर्न विगत ४ वर्षदेखि खोजिए पनि कानूनी अड्चनको कारण नसकिएको उल्लेख गरेका छन् । प्राधिकरणको सेयर निष्कासन गर्नसके कम्तीमा २ खर्ब रुपैयाँभन्दा बढी रकम उठाउन सकिने घिसिङले बताएका छन् । त्यसले बजार चलायमान हुनुका साथै ठूला जलविद्युत आयोजना र प्रसारण लाइनमा लगानी गर्न सहज हुने घिसिङले बताएका छन् । 

त्यस्तै, उनले प्राधिकरणसँग लगानीयोग्य रकम नहुँदा प्रसारण लाइन र जलविद्युत आयोजना दुवैमा लगानी गर्न नसकेको जानकारी दिएका छन् । उनले कानूनी र संरचनागत सुधारबिना ठूला आयोजना कार्यान्वयन सम्भव नहुने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK