काठमाडौँ । नेपाल एसबिआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट गर्ने ४ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुकी ६ः३० बजे बैंक लुटेर भागेका उनीहरुलाई स्थानीयले घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट नियन्त्रणमा लिएका थिए ।
नियत्रन्त्रणमा लिइएका ४ जनालाई नै स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।
उनीहरुले गाउँपालिका भवनमै रहेको एसबिआई बैंकको पछाडिको ढोकाबाट छिरेर बैंक लुटेका थिए । सुरुमा सुरक्षा गार्डलाई आक्रमण गरेर घाइते बनाएका लुटेराले बैंकको माथिल्लो तलामा बस्ने बैंकका कर्मचारीलाई समेत बन्धक बनाएका थिए । बैंक लुटेर भागेका लुटेराहरुले बैंकबाट लुटेको पैसा केही गाडीमै छोडेर भागेका थिए भने केही पैसा जंगलमा भेटिएको थियो ।
प्रहरीले यसअघि लुटपाटमा प्रयोग भएको गाडी र गाडीका ड्राइभरलाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका ड्राइभरले आफूलाई जन्ती जाने भन्दै गाडी बुकिङ गरेको प्रहरीसँग बयान दिएका छन् ।
हाल प्रहरीले पक्राउ परेका ४ जना लुटेरा, ड्राइभर, बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्