काठमाडौँ । नेपाल एसबिआई बैंक लुट्न आएकाहरुको आक्रमणबाट घाइते भएका सुरक्षा गार्डको प्राथमिक उपचार सम्पन्न भएको छ । मंगलबार राती सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा लुटपाटका क्रममा उनीमाथि धारिलो खुकुरी प्रहार भएको थियो ।
बैंकको रकम लुट्न आएका लुटेराहरुले उनलाई आक्रमण गरी, अन्य कर्मचारीहरुलाई बाँधेर लुटेराहरुले बैंक लुटेका थिए ।
घाइते सुरक्षा गार्डको नाम रुद्र कार्की हो । प्राथमिक उपचारपछि उनलाई प्रहरीले आफ्नै सुरक्षामा राखेको छ । प्रहरीले उनीमाथि घटनाबारे थप सोधपुछ गरिरहेको छ ।
कार्कीले प्रहरीलाई दिएको बयान अनुसार अचानक बैंक प्रवेश गरेका लुटेराहरुले सुरुमै उनीमाथि आक्रमण गरेका थिए । बैंक लुट्न खोजिएको थाहा पाएपछि लुटेराहरुलाई रोक्न खोजेको कार्कीले बताएका छन् । तर, उनीहरुलाई रोक्न खोजेको भन्दै लुटेराहरुले धारिलो हतियारले हात काटिदिएको कार्कीको भनाई छ ।
घाइते भएपछि लुटेराहरुले कार्कीलाई बाँधेर राखेका थिए । पछि माथिल्लो तलामा बस्ने बैंकका कर्मचारीलाईसमेत बाँधेर कोठाभित्रै थुनेर लुटेराहरुले बैंक लुटेको कार्कीले प्रहरीसँग बताएका छन् ।
प्रहरीले लुटिएको रकममध्ये २ बोरा पैसा, गाडी, र गाडीका सवारी चालकलाई पक्राउ गरिसकेको छ । हाल पक्राउ परेका ड्राइभर, बैंकका कर्मचारी, सुरक्षा गार्डलाई राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्नहरुको खोजीकार्य तिव्र पारिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper










प्रतिक्रिया दिनुहोस्