काठमाडौँ । सिन्धुलीस्थित नेपाल एसबिआई बैंक लुटमा संलग्न लुटेराहरुले प्रयोग गरेको गाडीका ड्राइभर पक्राउ परेका छन् । बैंकका कर्मचारीहरुलाई समेत राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले अर्थ सरोकारकर्मीलाई घटनाबारे बुँदागत रुपमा बुझाएका छन् ।
१. ११-१२ जनाको समूह गाडी नै रिजर्भ गरेर बैंक लुट्न आएका थिए । ड्राइभरले दिएको प्रारम्भिक बयान अनुसार उनीहरु बनेपाबाट आएका थिए ।
२. ड्राइभरले केटी भगाएर ल्याउने भन्दै सो गाडी रिजर्भ गरेका थिए ।
३. उनीहरुमध्ये सुरुमा ४ जना बैंक रहेको घरको पछाडीपट्टीको गेटबाट छिरी सुरुमा गार्डलाई आक्रमण गरेका थिए । रोक्न खोज्दा गार्डको हात नै काटिएको छ । त्यसपछि उनीहरुले अरु कर्मचारीलाई समातेर बाँधी, पेस्तोल देखाएर बैंकको चाबी मागेका थिए । बैंकका स्टाफहरु सोहि बैंक रहेकै घरमा बस्ने गरेका थिए ।
३. बैंक लुटेर लुटेराहरु भागेपछि कर्मचारीहरुले गुहार मागेका थिए । स्थानीयले थाहा पाएको सुइको पाएपछि लुटेराहरु सकेको पैसा बोकेर गाडी छोडेर भागेका थिए । गाडीमा उनीहरुले एक बोरा पैसा छोडेका छन् ।
४. पैसासहित भागिरहेकाहरुलाई देखेपछि स्थानीयले ढुंगालेसमेत हानेका थिए । सो क्रममा उनीहरुले केहि बोरा पैसा जंगलमै छाडेका छन् । स्थानीयबासीको सहयोगमा सो रकम बटुलेर प्रहरीलाई बुझाईसकिएको छ ।
५. हालसम्म लुटेराहरु पक्राउ परिसकेका छैनन् । प्रहरीले विशेष सर्च अपरेशन चलाईरहेको छ । जिल्लाबाट प्रहरीको थप टोली घटनास्थल पुगेको छ ।
५. अहिले सबै कर्मचारीहरु प्रहरीसँगै छन् । उनीहरु सुरक्षित छन् । सुरक्षा गार्ड रुद्र कार्कीको प्राथमिक उपचार भईसकेको छ । उनी पनि आराम गरिरहेका छन् ।
६. प्रहरीले अहिले घटनाबारे सवारीचालकसँग सोधपुछ गरिरहेको छ ।
७. घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो राखेको छ भने बैंकले पाएको सूचना राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्