Skip to content
LAXMI SUNRISE BANK

अपडेट: बैंक लुटिएपछि प्रहरीले चलायो ‘सर्च अपरेशन’, २ बोरा पैसा जंगलमा फेला, लुटेरा अझै फरार (फोटो /भिडियो)

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको ३ करोड ११ लाख रुपैयाँमध्ये २ बोरा पैसा जंगलमा भेटिएको छ ।  बेलुकी भएको लुटपाटका क्रममा लुटेराहरुले जंगलमा छोडेको रकम जंगलमा भेटिएको हो । प्रहरीले सर्च अपरेशन चलाएर सो रकम भेट्टाएको हो ।

बैंक लुट्न प्रयोग भएको गाडी र गाडीका चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बैंक लुट्न आएकाहरुले सुरक्षा गार्डको हात काटेर कर्मचारी बाँधी लुटपाट गरेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK