काठमाडौँ । सिन्धुलीमा एसबीआई बैंक लुटिएको छ । बैंकको घ्याङलेख गाउँपालिकास्थित गाउँपालिकाकै भवनमा रहेको शाखा लुटिएको हो ।
मंगलबार राती ६ः३० बजे अचानक बैंकभित्र प्रवेश गरेका लुटेराहरुले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरेर, बैंकका कर्मचारीलाई समेत बन्धक बनाई लुटपाट गरेका थिए । बैंकका कर्मचारी सो शाखाको माथिल्लो तलामा बस्ने गर्थे ।
लुटेराहले बैंकका कर्मचारीलाई बन्धक बनाई, मुख थुनेर कोठाभित्रै थुनिदिएको बैंकको उक्त शाखाका शाखा प्रबन्धक (मेनेजर)ले बताएका छन् । उनले आफूहरु सुरक्षित रहेको पनि पुष्टि गरेका छन् ।
हाल आफूहरु प्रहरीको सुरक्षामा रहेको उनको भनाई छ । ‘हामी प्रहरीसँगै छौँ ।’, बैंक मेनेजरले अर्थ सरोकारसँग भने, ‘हामी सबै सुरक्षित छौँ ।’
सुरक्षा गार्ड र कर्मचारीमाथि आक्रमण गरेर लुटेका लुटेराहरु प्रहरी र स्थानीय आएको थाहा पाएपछि लुटपाटमा संलग्न गाडी त्यहीँ छोडेर भागेका थिए । भाग्ने क्रममा उनीहरुले एक बोरा पैसा गाडीमै छोडिदिएका थिए ।
केही रकम भाग्ने क्रममा जंगलमा छाडेका थिए भने ठाउँठाउँमा पैसाको बिटाहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले लुटेरा पछ्याउने क्रममा नजिकै रहेको जंगलबाट दुई बोरा पैसा समेत बरामद गरेको छ ।
हाल उक्त लुट प्रकरणमा प्रयोग गरिएको गाडीका ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरुले उक्त गाडी केटी भगाउनका लागि भन्दै भाडामा लिएको ड्राइभरले प्रहरीसँग बयान दिएका छन् । हाल प्रहरीले पक्राउ परेका ड्राइभर, सुरक्षा गार्ड र बैंकका कर्मचारीलाई राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper












प्रतिक्रिया दिनुहोस्