काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।
चालु आवका लागि कूल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा रू आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ । यस वार्षिक विनियोजनको ४०.८ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा यस वर्ष रू ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७.६२ प्रतिशत अर्थात् रू पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५ दशमलव ६२ प्रतिशत अर्थात् रू ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६.७१ प्रतिशत छ । यो शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा रू एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ ।
यस आवका लागि सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४. ४९ प्रतिशत प्रगति भएको छ । हालसम्ममा रू छ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ । कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५. २१ प्रतिशत अर्थात् रू पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२.५५ अर्थात् रू ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ ।
चालु आवमा रू ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो । माघ मसान्तसम्ममा रू १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४.०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्