Skip to content
LAXMI SUNRISE BANK

एसबिआई बैंक लुट प्रकरणः ६ जना पुर्पक्षका लागि कारागार चलान

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ । गत पुष २९ गते सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित बैंकको शाखामा भएको लुटपाट प्रकरणमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको हो ।

उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतको आदेश अनुसार ६ जनालाई सिन्धुली कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

कारागार चलान हुनेहरुमा सिन्धुलीका छलिलाल स्याङतान, ज्ञानबहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर र मिलन गिरी रहेका छन् । थप एक जना नाबालकलाई भने बालसुधार गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

बैंकको उक्त शाखामा लुटेरा समले सुरक्षा गार्डमाथि चक्कु प्रहार गरी बैंकका अन्य कर्मचारीलाई बन्धक बनाएर लुटपाट गरेका थिए । लुटपाटमा प्रयोग भएको गाडी उनीहरुले केटी भगाउन जाने भन्दै बुकिङ गरेको अनुसन्धानबाट खुलेको थियो । लुटेराहरुले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटपाट गरेको दाबी गरिएको छ । 

सो मध्ये २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ प्रहरीले बरामद गरिसकेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताउको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK