काठमाडौँ। अबका हाम्रा प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेन हुन्। आजबाट ‘बालेन युग’ सुरु भएको छ। सपना देख्ने होइन अब सपना पूरा गर्ने समय आएको छ, पुरानो सोच होइन, अब नयाँ नेपाल बनाउने नेतृत्व आएको छ। अब सडकदेखि सिंहदरबारसम्म परिवर्तनको आवाज गुञ्जिनेछ, युवा शक्ति अब नेतृत्वमा छन्, अब देश देश जस्तो बन्ने छ।
यो केवल एउटा बालेनको जित होइन, यो सम्पूर्ण नेपाली जनताको आशा र भरोसाको जित हो, यो प्रमाण हो कि नयाँ सोच, नयाँ ऊर्जा, र इमान्दार नेतृत्वले देशलाई परिवर्तन गर्न सक्छ। हामी आशा गर्छौं कि उनको नेतृत्वमा नेपालले नयाँ उचाइ छुनेछ, जहाँ विकास, सुशासन, र समानता सुनिश्चित हुनेछ।
मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलोपटक हो। राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा संसदीय दलको नेतामा बिहीबार निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साईतमा बालेनलाई प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दल (रास्वपा)को नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
सातवटा शंख बजाएसँगै शपथग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्तिवाचन गरिएको थियो। स्वस्तिवाचनलगत्तै १०८ जना भिक्षुहरूले मंगलपाठ गरेका थिए।
काठमाडौं महानगरको प्रमुख (मेयर)बाट राजीनामा दिएर बालेन फागुन २१ को चुनावमा भाग लिएका हुन्। उनी पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बालेन निर्वाचित भएका हुन्।
को हुन् बालेन शाह ?
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुर्रवादेवी शाहका सुपुत्र हुन् । उनको जन्म विसं २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुख्र्यौली घर महोत्तरी हो । उनको श्रीमतीको नाम सबिना काफ्ले हो। उनको एउटी छोरी पनि छन्।
बालेनले पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
राजनीतिमा आउनु अघि बालेन एक र्याप कलाकारका रूपमा निकै चर्चित थिए। उनका गीतहरूले विशेष गरी युवामाझ ठूलो प्रभाव पारेको थियो। उनलाई ‘सिस्टमविरुद्ध बोल्ने आवाज’ पनि भनेर मान्ने गर्थे। बालेन्द्र शाहको जीवन एक साधारण युवकबाट देशको नेतृत्वसम्म पुग्ने सपना बोकेको यात्रा छ ।
काठमाडौंको गल्लीबाट सुरु भएको उनको संघर्ष, पढाइप्रतिको लगाव, इन्जिनियरको रूपमा गरेको मेहनत, र संगीतमार्फत समाजका विकृतिविरुद्ध उठाएको आवाज, यी सबै उनको यात्राका महत्वपूर्ण अध्याय हुन्। उनी केवल एक व्यक्ति होइन, उनी एउटा सोच हुन् परिवर्तनको, साहसको र सत्य बोल्ने हिम्मतको । र्याप गीतहरूमा उनले बोलेका शब्दहरूले हजारौं युवालाई जागरूक बनायो। उनले देखाए कि कला केवल मनोरञ्जन होइन, परिवर्तनको माध्यम पनि हुन सक्छ।
बालेनको जीवनको सबैभन्दा ठूलो मोड तब आयो, जब उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पद जिते, त्यो जित केवल एउटा पदको प्राप्ति मात्र थिएन,
त्यो पुरानो सोचमाथि नयाँ पुस्ताको विजय थियो।
मेयरको रूपमा उनले नियम, अनुशासन र विकासलाई पहिलो प्राथमिकता दिए। कानुन कार्यान्वयनमा कडाइ, अव्यवस्थित संरचनामाथि कारवाही र शहरलाई व्यवस्थित बनाउने प्रयासले उनले फरक शैलीको नेतृत्व प्रस्तुत गरे। काठमाडौं महानगरपालिकाको मेयरको रूपमा उनले गरेका कामहरूले देशलाई नयाँ दिशा देखायो। नियम पालन गराउने उनको तरिका, भ्रष्टाचारविरुद्धको स्पष्ट अडान र विकासप्रतिको प्रतिबद्धता, यी सबैले जनताको विश्वास जित्यो।
यी हुन् बालेन सरकारका १४ मन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री- सुधन गुरुङ, परराष्ट्रमन्त्री- शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्साल, उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खड्कराज पौडेल (गनेश), शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री- निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री – विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, श्रम तथा रोजगारमन्त्री दीपक साह, कानून, न्याय तथा संघीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका मन्त्री सीता बादी आदि बालेन सरकारका मन्त्री हुन्।
यो केवल उनको व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण नेपाली युवाको जित हो। यो प्रमाण हो कि नयाँ सोच, नयाँ ऊर्जा, र इमान्दार नेतृत्वले देशलाई परिवर्तन गर्न सक्छ। हामी आशा गर्छौं कि उनको नेतृत्वमा नेपालले नयाँ उचाइ छुनेछ, जहाँ विकास, सुशासन, र समानता सुनिश्चित हुनेछ। हामी प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दछौं। हार्दिक बधाई !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्