Skip to content
LAXMI SUNRISE BANK

ग्रीस पठाउने भन्दै २५ लाख ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राई रहेका छन् ।

‘ग्रीस पठाइदिन्छु’ भन्दै तीन जना पीडितबाट २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा राईलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK