Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २.६१ अंकले घट्यो नेप्से परिसूचक, बजार २७५७.४० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा भुजुङ्ग हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK