Skip to content
LAXMI SUNRISE BANK

‘समयमै काम नहुँदा विकास निर्माण महँगो भयो’- ऊर्जामन्त्री

अर्थ सरोकार

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरुको लागत अस्वभाविक रुपमा बढेको बताएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभएर लगानीकै सान्दर्भिकतामाथि प्रश्न उठ्ने अवस्था आएको पनि बताएका छन् । 

जुन मूल्यमा पहिले नै काम भइसक्नुपर्ने थियो, त्यो नहुँदा अहिले महँगोतर्फ जानुपरेको श्रेष्ठको भनाई छ । विशेषगरी जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी यसरी नै महँगो हुँदै जाने हो भने एउटा बिन्दुमा पुगेर उक्त लगानी सान्दर्भिक कि असान्दर्भिक भन्ने ठूलो बहस सृजना हुने मन्त्री श्रेष्ठले बताएका छन् । 

त्यस्तै, उनले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतासमेत औँल्याउँदै बीचमै ठेक्का रद्द हुने र काम रोकिने अवस्थाले अन्योल सृजना गरेको पनि बताएका छन् । 

त्यस्ता छिद्रहरुलाई बजेटपछि घनीभूत छलफल गरेर बन्द गर्नुपर्ने उनको भनाई छ । यस्तो अस्थिरताले प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको मनोबलमा नकारात्मक असर परेको श्रेष्ठले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK