काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण सुरु भएको छ । कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको शिवसताक्षी नगरपालिका-६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् ।
भारत सरकारको करिब ३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यो भवन झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।
नयाँ भवन निर्माण हुन लागेपछि शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न ठुलो मद्दत पु¥याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्