Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेर प्रतितोला ४६६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९९५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK