Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २४ हजार ९७० कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय धादिङबेसीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त अवधिभित्र सो सेयरमा संस्थापकको आवेदन नपरेमा कम्पनीले  नियामानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK