काश्मीर । टेकप्रेमी युवा महिला उद्यमीहरु राजनीतिक, सामाजिक, आर्थिक, लैंगिक जागरूकताको अभाव र चुनौतीकाबीच व्यापारमा जमेका छन् । जम्मु काश्मीरमा पछिल्लो दुई वर्षको अवधिमा महिला सशक्तिकरण व्यापक रुपमा भएको पाइएको छ । यहाँका महिलाहरुले सम्भावित ग्राहकहरुलाई लक्षित गर्न सीप र उनीहरुलार्इ पहिलेभन्दा चाँडो आफ्नो व्यापार वृद्धि गर्न मद्दत पुगेको ग्रीक सिटी टाइम्सले जनाएको छ ।
श्रीनगरकी २२ वर्षीया बेकर साना इम्तियाज हुसैनीद होम बेकर्स २०२० मा सूचीमा पर्ने पहिलो महिला हुन् । उनी देशभरका १०० महिलाहरुमो सूचीमा परेकी हुन् । त्यसैगरि रिफत मुश्ताक, जो काश्मिरमा सबैभन्दा पुराना महिला उद्यमीहरुमध्ये एक हुन् । उनले व्यापारमा लगानी गर्दा एक सलाईको बक्स बनाउने इकाइ स्थापना गरेकी थिइन् । उनी एक कार्डबोर्ड बक्स निर्माण इकाईको औद्योगिक क्षेत्रमा एक प्रिन्टिंग प्रेससमेत सञ्चालन गरिरहेकी छन् । नुसरत जहाँले जम्मु काश्मीरको श्रीनगर फूल पसल सुरु गरेकी छन् ।
उनले फर्न पेटल्स नामको पसलको श्रृंखला नै सञ्चालन गरेकी उनले २००० मा आफ्नो व्यवसाय सुरु गरेकी थिइन् । हाल उनले सातामा नै लाखौं कमाउने गरेको पाइएको छ । श्रीनगर को पन्था चौककी निसार शेखले दूधको मिसावटको खतरासँग लड्ने एक अभियान सञ्चालन गरेकी छन् । जसमा उनले शुद्ध दुधबाट बनेका परिकारहरु बनाउने र बिक्री गर्ने गरेकी छन् । शेख जम्मू र कश्मीर उद्यमशीलता विकास संस्थानमार्फत प्रशीक्षणसमेत दिने महिला हुन् । भारत सरकारले धारा ३७० को खारेजीको दुई वर्षमा जम्मु काश्मीमा महिलाहरुको उद्योग र व्यापार क्षेत्रमा लाग्नेहरुको संख्यामा उल्लेख्य सुधार भएको छ ।