काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।
राधी विद्युत् कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनस सेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता सेयर सूचिकृत भएको हो ।