इस्लामाबाद । पाकिस्तानमा वर्तमान सरकारको आर्थिक नीति बाह्य ऋण र चन्दामा आधारित रहेको विपक्षी नेताले आरोप लगाएका छन् । पाकिस्तानमा विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले प्रधानमन्त्री इमरान खानले क्षमता भन्दा धेरै बाह्य ऋण लिएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री खानको सरकारले क्षमता भन्दा धेरै ऋण लिने र चन्दा मागेर मुलुक चलाएको भन्दै विपक्षी नेता बिलावालले आलोचना गरेका हुन् ।
बाह्य ऋण लिँदै प्रधानमन्त्री खानको सरकारले मुलुकलाई ब्वाँसाहरुलाई सुम्पेको बिलावालको आरोप छ । मुलुक समाधान नहुने संकटमा फस्नु अगावै प्रधानमन्त्री खानले राजिनामा दिनुपर्ने बिलावालले टिप्पणी गरे । वर्तमान सरकारले निम्त्याएको आर्थिक संकट आगामी अन्य सरकारहरुले उठाउनुपर्ने बाध्यता रहेको पनि उनले दुख व्याक्त गरे । प्रधानमन्त्री खान शत्तामा पुगे लगत्तै विदेशीहरुसँग चन्दा र ऋण माग्ने आर्थिक नीति लिएको बिलावालले टिप्पणी गरे ।
यो बर्ष यता मात्रै प्रधानमन्त्री खानले दश अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण लिएको बिलावालले बताए । मुलुकमा थप बढ्दै गएको बाह्य ऋणको भार भुक्तानी गर्न नसक्ने र ठुलो आर्थिक संकट आउने उनले चेतावनी दिए । आर्थिक संकट भएको पाकिस्तानमा कोरोना माहामारीले आर्थिक वृद्धिमा थप धक्का पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्