×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकसहित ५ कम्पनीको हकप्रद सेयर आउँदै, कसको कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नारायणी डेभलपमेन्ट बैंकसहित ५ कम्पनीको हकप्रद सेयर आउँदै, कसको कति ? (विवरणसहित)

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकसहित ५ कम्पनीको हकप्रद सेयर निष्कसनको पाइपलाइनमा रहेका छन् । तोकिएको समय भित्र चुक्ता पूँजी पुर्याउनका लागि वा चुक्ता पूँजी वृद्धि गर्न विभिन्न कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासन तथा स्वीकृतिका लागि नारायणी डेभलपमेन्ट बैंकसहित ५ कम्पनी पाइपलाइनमा रहेका छन् ।
 
हेर्नुहोस् कसको कति ?
नारायणी डेभलपमेन्ट बैंक 
यस बैंकले १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । असार ४ गते सेबाेनमा यस कम्पनीले निवेदन पेश गरेकाे छ ।
छ्याङ्दी हाइड्रोपावर कम्पनी
छ्याङ्दी हाइड्रोपावर कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति वैशाख १५ गते बोर्डमा निवेदन दिएको हो ।
 समृद्धि फाइनान्स कम्पनी 
समृद्धिले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते सेबाेनमा निवेदन पेश गरेकाे छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक 
कर्पोरेट डेभलपमेन्ट बैंकले १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे ।
शिखर इन्स्योरेन्स कम्पनी 
यस कम्पनीले ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी