काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीको आज २९.३८ प्रतिशत हकप्रद बापतकाे ५६ लाख ७० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
कम्पनीले जेठ २० गतेदेखि असार १३ गतेसम्म १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।