×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, १३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, १३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारणसभाको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरिएको छ ।
भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतबार भदौ १३ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
साथै कम्पनीले १७ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । सो प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते ट्रेड टावर नेपाल थापाथलीबाट जुम माध्यमबाट बिहान ११ बजे साधारणसभा बोलाएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी