×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन महिनामा सानिमा इक्विटी र लार्ज क्याप फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साउन महिनामा सानिमा इक्विटी र लार्ज क्याप फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो, कसको कति ?

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साउन महिनामा आइपुग्दा सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्ड दुबैको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवैको न्याभ बढेको हो ।
सानिमा इक्विटी फन्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा कायम भएको छ । असारमा यस फन्डको न्याभ २० रुपैयाँ ९६ पैसा थियो । यस फन्डको सूचिकृत सेयरमा रहेको लगानी पोर्टफोलियो पनि बढेर २ अर्ब ९ करोड ८० लाख रुपैयाँ पुगेको छ । फन्डको कुल आय भने भारी मात्रामा घटेको छ ।
असारमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ मात्र रहेको कुल आय साउनमा २२ करोड ९२ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डले मुद्दति निक्षेप रकम २५ करोडबाट घटाएर २३ करोड रुपैयाँमा ल्याएको छ ।
यस्तै अर्को फन्ड सानिमा लार्ज क्याप फन्डको न्याभ पनि ५९ पैसाले बढेर ११ रुपैयाँ १४ पैसा कायम भएको छ । सूचिकृत सेयरमा लगानी पनि ५० करोड ३० लाखबाट बढाएर साउनमा ५४ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । यस फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ४१ वटा सूचीकृत सेयरमा लगानी गरेको छ । साउन मसान्तसम्म १२ करोड रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी