काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत जेठ १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ५% बोनस सेयर पठाइदिएको हो । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने लुम्बिनीले जनाएको छ । कम्पनीको जेठ २८ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।