Skip to content
LAXMI SUNRISE BANK

१ रुपैयाँ ४७ पैसाले बढ्यो एनआइसी एसिया ग्रोथ फन्डको न्याभ, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

अर्थ सरोकार

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ ४७ पैसाले बढेर २० रुपैयाँ २२ पैसा पुगेको हो । असार महिना यसको न्याभ १८ रुपैयाँ ७५ पैसा थियो ।
यस अवधिसम्म आउँदा सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । एक महिनामा सूचिकृत कम्पनीको सेयरमा लगानी १२ करोड २१ लाख रुपैयाँले बढेर १ अर्ब १४ करोड ३४ लाख रुपैयाँमा पुगेको छ । यसअवधिमा फन्डले ७९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।
सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५१ हजार ५०० कित्ता सेयरमा ७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK