काठमाडौं । सानिमा इक्विटी फन्डले ३३% नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३% नगद दिने निर्णय गरेको गरेको हो ।
जसअनुसार फन्डले नगद लाभांश वितरणमा ४२ करोड ९० लाख रुपैयाँ खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।
