×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कंगो सरकारले चिनियाँ लगानीकर्ताहरुसँग ६ बिलियन अमेरिकी डलरको खानी सम्झौता पुनर्विचार गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कंगो सरकारले चिनियाँ लगानीकर्ताहरुसँग ६ बिलियन अमेरिकी डलरको खानी सम्झौता पुनर्विचार गर्ने

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कंगो । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सरकारले चिनियाँ लगानीकर्ताहरुसँग ६ बिलियन अमेरिकी डलरको खानी सम्झौता पुनर्विचार गर्ने भएको छ । कंगोका वित्तमन्त्री निकोलस काजादीले खनिज अनुबन्धको विस्तृत जाँच गर्नुपर्ने भन्दै चिनियाँ लगानीकर्तासँगको ६ बिलियन डलरको ‘खनिजहरुको लागी आधारभूत संरचना’ सम्झौता समीक्षा गर्ने जानकारी गराएका हुन् ।

राष्ट्रपति फेलिक्स सिसेकेदीले मे मा केहि खानी अनुबन्धहरुको समीक्षा गर्न सकिने बताएका थिए । खानी अनुबन्धहरुले कंगोलाई पर्याप्त फाइदा नहुने भएकोले समीक्षा गर्ने बताएका थिए । कंगो कोबाल्टको विश्वको सबैभन्दा ठूलो उत्पादक र अफ्रिकाको तामाको अग्रणी खानी भएको मुलुक हो । उनको सरकारले यही महिना चिनियाँ ‘मोलिब्डेनम’ को विशाल टेन्के फुङगुरुमे तामा र कोबाल्ट खानीमा रहेको भण्डार र स्रोतहरुको पुनर्मूल्यांकन गर्न र ‘आफ्नो अधिकारको उचित दाबी’ गर्नको लागी आयोग गठन गर्ने घोषणा गरेको थियो ।

विदेमन्त्री काजादीले एक अन्तर्वार्तामा सन् २००७ मा चिनियाँ सरकारी स्वामित्वको फर्म सिनोहाइड्रो कर्प र चाइना रेलवे ग्रुप लिमिटेडसँग गरेको सम्झौता ‘निष्पक्ष’ र ‘प्रभावकारी’ छ भनेर सुनिश्चित गर्नको लागी समीक्षा गरिरहेको बताएका थिए । सिनोहाइड्रो र चीन रेलवे भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सिनोहाइड्रो र चाइना रेलवेको बहुमतको स्वामित्वमा रहेको कंगोको सिकोमाइन कपर एण्ड कोबाल्ट संयुक्त उद्यमका उपमहानिर्देशक एली त्शिंगुलीले पनि कुनै जवाफ दिएनन् ।

यो सम्झौताले काबिलाको देशको विकास योजनाको एक महत्वपूर्ण हिस्सा बनेको छ, तर आलोचकहरु भन्छन् कि प्रतिज्ञा गरिएका पूर्वाधार परियोजनाहरु मध्ये केहि पूरा भएको छ र सम्झौतामा पारदर्शिता को कमीको बारेमा गुनासो गरेका छन् । विदेशमन्त्री काजादीले भने यो सम्झौताको समीक्षा कुनै पक्षलाई धम्की दिनका लागि नभएको बताएका छन् । चीनले कंगोको ७० प्रतिशत खानिमा नियन्त्रण कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी