काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस सेयर बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको हो ।
सो सेयर कम्पनीको १९औं वार्षिक साधारणसभाका लागि तोकिएको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र सो सेयार पाउनेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न १९औं वार्षिक साधारणसभाका लागि जेठ १४ गतेदेखि बुकक्लोज गरेको थियो । उक्त बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि आइतबारदेखि खरीद बिक्री गर्न सक्नेछन् ।