अमेरिका । संयुक्त राज्य अमेरिकाको योथा नेशनल गार्डले नेपाललाई ठूलो मानवीय सहायता प्रदान गरेको छ । मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँका लागि अमेरिकाको योथा नेशनल गार्डले सहयोग गरेको हो । संयुक्त राज्य अमेरिकाको योथा एयर नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले अमेरिकी ट्रान्सपोर्टेसन कमाण्डको डोनेसनका लागि डेन्टोन कार्यक्रमको सहयातामा अगस्त ३१ मा नेपाललाई मानवीय जीवन जोगाउने उपकरणहरु र अन्य मानवीय सहायता प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले महामारीको सुरुवातदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन् । उनले हरेक संकट र महामारीको समयमा अमेरिका नेपालको साथमा उभिएकोसमेत बताएका छन् । कोरोना महामारीविरुद्धको युद्धमा नेपाललाई विभिन्न उपकरण र खोपको सहायता प्रदान गर्नुले पनि अमेरिका हरेक समस्याको समयमा समाधान गर्नका लागि नेपालको साथमा रहेका प्रमाण भएको उनले बताएका छन् ।
योथा नेशनल गार्ड अमेरिकी सैन्यको दुई शाखाको स्वरुपमा रहेको छ । राष्ट्रिय वायु सुरक्षा र राष्ट्रिय सैन्य सुरक्षा गार्डको रुपमा रहेको छ । यसले अमेरिकी समुदाय र विभिन्न मुुलुकहरुसँगको सम्बन्धलाई विस्तार गर्न काम गरिरहेको छ । करिब सात हजार ५०० वायुसेना र सैन्य सुरक्षाका सदस्यहरु रहेको योथामा स्थानीयस्तरमा रहेर काम गर्ने व्यक्तिहरुलाई समावेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्