×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँमा नेपाललाई योथा नेशनल गार्डको साथ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँमा नेपाललाई योथा नेशनल गार्डको साथ

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिका । संयुक्त राज्य अमेरिकाको योथा नेशनल गार्डले नेपाललाई ठूलो मानवीय सहायता प्रदान गरेको छ । मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँका लागि अमेरिकाको योथा नेशनल गार्डले सहयोग गरेको हो । संयुक्त राज्य अमेरिकाको योथा एयर नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले अमेरिकी ट्रान्सपोर्टेसन कमाण्डको डोनेसनका लागि डेन्टोन कार्यक्रमको सहयातामा अगस्त ३१ मा नेपाललाई मानवीय जीवन जोगाउने उपकरणहरु र अन्य मानवीय सहायता प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले महामारीको सुरुवातदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन् । उनले हरेक संकट र महामारीको समयमा अमेरिका नेपालको साथमा उभिएकोसमेत बताएका छन् । कोरोना महामारीविरुद्धको युद्धमा नेपाललाई विभिन्न उपकरण र खोपको सहायता प्रदान गर्नुले पनि अमेरिका हरेक समस्याको समयमा समाधान गर्नका लागि नेपालको साथमा रहेका प्रमाण भएको उनले बताएका छन् ।

योथा नेशनल गार्ड अमेरिकी सैन्यको दुई शाखाको स्वरुपमा रहेको छ । राष्ट्रिय वायु सुरक्षा र राष्ट्रिय सैन्य सुरक्षा गार्डको रुपमा रहेको छ । यसले अमेरिकी समुदाय र विभिन्न मुुलुकहरुसँगको सम्बन्धलाई विस्तार गर्न काम गरिरहेको छ । करिब सात हजार ५०० वायुसेना र सैन्य सुरक्षाका सदस्यहरु रहेको योथामा स्थानीयस्तरमा रहेर काम गर्ने व्यक्तिहरुलाई समावेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी